गुगल क्लाउड नेक्स्ट कार्यक्रममा विराटनगरका विद्यार्थीकाे अनलाइन सहभागीता

<span class='c1'>गुगल क्लाउड नेक्स्ट कार्यक्रममा</span> <span class='c2'>विराटनगरका विद्यार्थीकाे अनलाइन सहभागीता</span>

बिराट्नगर २६ फाल्गुन , संसारकाे सबै भन्दा ठुलाे प्राविधिक कार्यक्रमका रूपमा गुगल क्लाउड नेक्स्ट इभेन्ट हिजाे अमेरिकाकाे स्यानफ्रान्सिस्काेमा सम्पन्न भएकाे छ । संसारभरीकाे प्राविधिकहरूकाे नजर रहकाे त्यस कार्यक्रमलाइ विराटनगरका प्रविधि क्षेत्रमा लागेकाहरूले सामुहिक रूपमा इन्टरनेटकाे माध्यमबाट लाइभ सहभागी भएका छन् । पुसेट कलेजका विद्यार्थीहरूले एक्सटेन्डेड इभेन्टमा सहभागी हुदै विश्वभरीमा कुराकानी, छलफल र लाेकल डेभलपर्सहरू बिच कि नाेट सेसन सेयर गरेका थिए । कि नाेट सेसन लाेकल डेभलपर्स सगर तामङ्, सिद्धन्त मण्ड्ल्, दिपेश छेत्री द्वरा दियेको थियो । साे अवसरमा क्लाउड क्म्प्युटिङ्, लोकल एन्ड्रोइड एप्स डेमाे, जि-सुइट्, म्याप्स एपिअाइ लगायत बिभिन्न गुगलका नौलो अाविष्कारमा छलफल समेत भएकाे थियाे । यस कार्यक्रम विराटनगरमा भएको पिसिआर्टि- रोबोटिक्स क्लबकाे सहयोगमा सम्पन्न भएकाे थियाे । नेपाल भरीमा याे कार्यक्रम पहिलाे पटक हाेस्ट गरिएकाे अायाेजकहरूकाे दाबी छ । बिराटनगरलाई प्रविधिकाे क्षेत्रमा अगाडी बढाउनु पर्ने सन्देश सहित कार्यक्रम सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्