मौसममा एकाएक भएको परिवर्तनले मानव स्वास्थ्यमा असर गर्न सक्ने

<span class='c1'>मौसममा एकाएक भएको परिवर्तनले मानव</span> <span class='c2'>स्वास्थ्यमा असर गर्न सक्ने</span>

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम अस्वभाविकरुपमा एकाएक परिवर्तन भएको छ । केहि दिन देखि उपत्यकामा तुवालो लागेकोले मौसम सफा हुन् सकेको छैन । मौसममा देखिएको अस्वाभाविक परिवर्तनले आम मानिसको दैनिकी पनि कष्टकर बनाएको छ । मौसमको अस्वाभाविक परिवर्तनले मानिसको स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने हुँदा स्वास्थ्य प्रति सजग रहन चिकित्सकहरुको सुझाब दिएका छन् ।मौसम अस्वाभाविक हुँदा मानव स्वास्थ्यको लागि पनि असर गर्छ । फागुनको मौसम जाडोलाइ विदाई गर्ने प्राय घाम लाग्ने र तापक्रम पनि बढ्ने हुनुपर्ने हो । तर हिजो आज मौसम तुवालो लागेर धुम्म परेको र चिसो खालको नै छ । कचौरा आकारको काठमाण्डौको हावा अत्याधिक प्रदुषित छ यस्तो बेला श्वासप्रश्वास सम्बन्धि रोगको जोखिम बढी हुन्छ बाहिर हिन्दा अनिबार्य माक्स लगाउनु उत्तम हुन्छ । चिकित्सकहरुले मौसम परिवर्तनसंगै बिभिन्न सिजनल स्वास्थ्य समस्या देखिने र अस्वाभाविक भएको मौसम परिवर्तनले अहिले बिरामीको संख्या पनि बढेको बताए छन् ।
मौसम अस्वाभाविक हुँदा मानव स्वास्थ्यलाई असर गर्छ । तापक्रममा गडबडी हुने बिभिन्न संक्रमणको जोखिम बढ्ने खाना अरुचि हुने छाति मुटु दम लगायत्का स्वास्थ्य समस्या देखिने इन्फ्लुएन्जाको जोखिम बढ्ने चिकित्सकहरुको भनाई छ । बाहिरी वा वातावरणीय तापक्रम बढे पनि हाम्रो शरीरको भित्री तापक्रम सामान्यतया स्थिर हुन्छ ।
एउटा स्वस्थ मानिसको शरीरको तापक्रम ३६.६–३७.१ डिग्री सेन्टिग्रेड अर्थात करिब ९८.६ डिग्री फोरेन्हाइट हुन्छ । वातावरणीय तापक्रमले शरीरमा असर गर्न नदिनका लागि हाम्रो स्वास्थ्यमा होमिओस्टासिस् वा थरमोरेगुलेसन प्रक्रियाहरु भैरहेका हुन्छन । स्वास्थ्य रहन मौसम अनुकुलको खाना पहिरन र सरसफाइमा बिशेष ध्यान दिन चिकित्सकहरुको सुझाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्