हिमपातका कारण ताप्लेजुङको जनजिवन प्रभावित

हिमपातका कारण ताप्लेजुङको जनजिवन प्रभावित

प्रबिन दाहाल
हिजो साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । वर्षापछि तल्लो क्षेत्रमा भने चिसो बढेको छ । कञ्चनजंघा हिमालको मूख्य मार्गमा पर्ने ठाउँमा पनि भारी हिमपात भएको छ भने ओलाङ्चुङ्गोलासहित प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि एक फीटसम्म हिउँ परेको स्थानीयले बताएका छन् । पाथिभरा क्षेत्रमा हिजो दिउँसो चार बजेबाट परेको हिमपात अझै नरोकिँदा दर्शनका लागि गएका तिर्थयात्री मर्कामा परेका छन् । माथिल्लो फेदीमानै एक फुटसम्म र पाथिभरा डाँडामा सो भन्दा बढी हिमपात भएको पाथिभराका स्थानीयले बताएका छन् । पाथिभरा दर्शनका लागि गएका दुई सयभन्दा बढी तीर्थयात्री हिउँ परेपछि माथिल्लो फेदीमै रोकिएका थिए । बालबालिका लिएर गएकाहरुलाई हिमपात भएपछि फेदीभन्दा माथि नजान आग्रह गरिएको छ । लामो समयमा वर्षा भएकाले बाली लगाउन सहज हुने भन्दै तल्लो क्षेत्रका कृषक भने हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्