एमालेले मेची महाकाली अभियान: आज चितवन र नवलपरासीमा सभा

एमालेले मेची महाकाली अभियान: आज चितवन र नवलपरासीमा सभा

प्रबिन दाहाल
नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज चितवन र नवलपरासीमा सभा गर्ने भएको छ । सप्तरी घटनापछि हेटौडाबाट हिजो पुन सुरु भएको अभियान अन्र्तगत आज एकै दिन दुई ठाउँमा सभा गर्न लागेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकास्थित नारायणी नदी किनारको चौरमा मध्यान्न हुने सभालाई एमाले अध्यक्ष केपि ओली सहितका शीर्ष नेताले सम्बोधन गर्ने बताईएको छ । त्यसका लागी अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायत नेता सभामा सहभागी हुने कार्यक्रम तय भएको छ । यस अघि एमालेले मकवानपुरसँगको सीमा क्षेत्र लोथरबाट शीर्ष नेता सहितर्को याली निकाल्ने तयारी गरेका छन् । एमालेले आजै प्रदेश नम्बर चार अन्तर्गत नवलपरासीको कावासोतीमा दिउँसो दुई बजेपछि सभा गर्नेछ । कावासोतीको खुल्लामञ्चमा हुने कार्यक्रमका लागि पूर्वपश्चिम राजमार्ग अन्तरगत गैंडाकोटस्थित नारायणी नदीको पुलबाट कार्यक्रमस्थल सम्म मोटरसाईकर्ल याली गरिने एमालले प्रदेश संयोजक किरण गुरुङ्गले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्