सप्तरीको अनिश्चितकालिन आमहड्ताल फिर्ता:विरोध कार्यक्रम जारी रहने

<span class='c1'>सप्तरीको अनिश्चितकालिन आमहड्ताल फिर्ता:विरोध</span> <span class='c2'>कार्यक्रम जारी रहने</span>

सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गरेको अनिश्चितकालिन जिल्ला बन्द शनिबारदेखि फिर्ता लिएको छ । मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा जारि विज्ञप्ति मार्फत सो बन्द फिर्ता लिएको जनाउँदै होली पर्व तड्कभड्कका साथ नमनाउन सम्पूर्ण तराई-मधेशका जनतासँग अनुरोध समेत गरेकाे छ । सप्तरीको मलेठ गाविसमा भएको गोलीकाण्ड बिरुद्व मधेशी मोर्चाले शुरु गरेको आन्दोलन भने जारी नै रहने विज्ञप्तिमा उल्लखे छ । घटनाको दोषीलाई कार्वाही र संविधान संशोधन गराउन मोर्चा तत्पर रहेको जानकारी गराइएको छ । विज्ञप्तीमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित नेकपा एमालेको मेची महाकाली अभियानको शान्तिपूर्वक विरोध प्रदर्शन गरिरहँदा प्रहरीले गैरकानुनी तरिकाले अन्धाधुन्ध गोली प्रहार गरी पाँच जनाको हत्या गरेको दाबी गर्दै घटनाकाे विराेध गरेकाे छ । सरकारको गृहमन्त्रीले अवस्था काबुभन्दा बाहिर गएकाले गोली चलाउनुपरेको भनी संसदमा दिएको स्पष्टिकरणले मधेशी जनतालाई थप दुःखित बनाएको मोर्चाले ठहर गरेकाे समेत विज्ञप्तीमा उल्लेख छ । साथै विज्ञप्तीमा मोर्चाले गरेको आन्दोलनका क्रममा साथ र सहयोग दिने सम्पूर्णप्रति आभार प्रकट समेत प्रकट गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्