गाेग्राहा बचत तथा ऋण सहकारी संस्था लिमिटले अाफ्नाे साताैं वार्षिकाेत्सवमा रक्तदान कार्यक्रम अायाेजना गरेकाे छ । हरेक वर्ष वार्षिकाेत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्ने यस संस्थाका अध्यक्ष मनाेज कुमार बस्नेतले बताए । उनले विराटनगरमा बारम्बार देखिने गरेकाे रगत अभाव हटाउने उद्देश्यले रक्तदान गरिएकाे जानकारी दिए ।
संस्थाकाे सेयर सदस्य, कार्यलय नजिकैका टाेलवासी तथा अन्य व्यक्तिहरू रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।
साे कार्यक्रममा ३४ जनाले कार्यक्रममा रक्तदान गरेकाे नेपाल रेडक्रसकाे प्रतिनिधिलाइ उदृत गर्दै अाजकाे जनविद्राेह दैनिकले समाचार लेखेकाे छ । 'रक्तदान जिवनदान' भन्ने नाराका साथ कार्यक्रम गरिएकाे थियाे ।