विराटनगरमा भएकाे सवारी दुर्घटनामा तीन घाइते

<span class='c1'>विराटनगरमा भएकाे सवारी</span> <span class='c2'>दुर्घटनामा तीन घाइते</span>

मोरङ, फाल्गुन २९ गते। मोरङको विराटनगर-४ स्थित कोशी राजमार्गमा शनिबार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा तीन जना घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को २१ प ६५३४ नम्बरको मोटरसाइकल र विपरित दिशा बाट जादैगरेको को १७ प ९४६४ नम्बरको स्कुटर दिउँसो १२;३० बजे आपसमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक जिल्ला मोरङ विराटनगर-१ बस्ने ४६ बर्षिय प्रदिप सापकोटा, स्कुटर चालक सुनसरी भरोल-१ बस्ने २१ बर्षिय अजय राई र पछाडी सवार सोही ठाउँका २३ बर्षिय संदिप धामी घाइते भएका छन्। घाइते तिनै जनाको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्