विराटनगर, चैत्र १, प्रहरीले सोमबार पूर्व क्षेत्रमा होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको छ भने ८९ जना पक्राउ परेका छन। नियन्त्रणमा लिइएका सवारी साधनहरुमा एक हजार दुई सय सतासी वटा मोटरसाइकलरस्कुटर तथा पाँच वटा साना सवारी साधनहरु रहेका छन्।