कञ्चनपुरमा स्थानीयको प्रदर्शन जारी, शान्त हुन सकेन

<span class='c1'>कञ्चनपुरमा स्थानीयको प्रदर्शन जारी,</span> <span class='c2'>शान्त हुन सकेन</span>

कञ्चनपुर । विहीबार एक नेपालीको हत्यापछि अशान्त बनेको कन्चनपुरको आनन्द बजारमा स्थानीयले प्रदर्शन जारी राखेका छन् । स्थानीयको विरोधपछि स्थानीय प्रशासनले आनन्द वार आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।

स्थानीयको विरोधले अहिले पनि कैलाली र कन्चनपुरका विभिन्न बजारहरु बन्द छन् भने स्थानीय आक्रमक रुपामा उपस्थित भएका छन् । दशगजामा बन्दै गरेको कलभल्ट निर्माणको विरोधका विच विहिबार भारतीय सिमा सुरक्षाबल एस एसबी को गोली लागी गोविन्द गौतमको ज्यान गएको थियो ।

गौतमको मृत्युसंगै शोकमा डुबेको कन्चनपुर र कैलालीका स्थानीयले सिमा विबादमा नेतृत्व तहले पहल नगरेको र अहिले देखिएको विवादलाई हल गर्न कुनै पहल नगरेको भन्दै चरणबद्ध आन्दोलन गरिरहेको छ । सिमा विबादमा राष्ट्रिय स्तरबाट पहल नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्