एमालेको मेची महाकाली अभियान असफल बनाउने प्रयास : मोर्चाले जलायो यात्रुबाहक बस

<span class='c1'>एमालेको मेची महाकाली अभियान असफल बनाउने</span> <span class='c2'>प्रयास : मोर्चाले जलायो यात्रुबाहक बस</span>

चैत्र १, २०७३- एमालेको मेची महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगन्जमा हुने आमसभाविरुद्ध बन्द आह्वान गरेको मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा आगजनी गरेका छन् ।

यसैगरी अहिले बाँकेमा एमाले समर्थित विभिन्न जातजातिले र्‍याली निकाल्दै छन् । अहिले बाँकेका एमाले समर्थित मुसलमानले र्‍याली निकालेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उढरापुरमा भे १ ख २०४२ नम्बरमा बसमा आगजनी गरेका हुन् । बर्दियाको राजापुरदेखि दाङको तुलसीपुर सडक खण्डमा चल्ने गाडीको भित्री भाग जलेको छ ।

एमाले सभाको विरोधमा मोर्चाले नेपालगन्ज बन्द आह्वान गरेको थियो । मोर्चाले सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका केही सवारीलाई रोकेका थिए ।

सप्तरीमा एमालेको सभा बिथोल्नेक्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएकाले नेपालगन्जमा सुरक्षा कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एमालेले रामलीला मैदानमा आमसभाको तयारी गरे पनि मोर्चाले अवरोध प्रयास गरेकाले सडक डिभिजन कार्यालयमा सारिएको छ । सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको छ । कान्तिपुरले लेखेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्