काठमान्डौ चैत्र १ ,
संयुक्त मधेसी मोर्चाले मंगलबारको संसद बैठक बहिष्कार गरेका छन्। संसद सुरू हुनासाथ मधेसी मोर्चाका सभासदहरूले उठेर विरोध जनाएपछि सभामुखले महन्त ठाकुरलाई बोल्न समय दिएकी थिइन्। ठाकुरले निर्वाचन रोङ्केर संशोधन प्रस्ताव पारित गर्नुपर्ने भन्दै संसद बैठकमा नाराबाजी गर्दै बाहिरिएका थिए।