बैतडीको एक स्वास्थ्यकेन्द्रमा १६ वर्षपछि डाक्टर पुगेपछि स्थानीयबासिन्दा हर्षित

<span class='c1'>बैतडीको एक स्वास्थ्यकेन्द्रमा १६ वर्षपछि</span> <span class='c2'>डाक्टर पुगेपछि स्थानीयबासिन्दा हर्षित</span>

बैतडी, चैत १ – बैतडीको मैलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा १६ वर्षपछि डाक्टर पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

प्राथमिक स्वासथ्यकेन्द्र स्थापना भएको १६ वर्षपछि डा.जीवन कार्की प्राथमिक स्वास्थ्यकेन्द्रमा पुग्नुभएको हो । २०५६ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दीमा डाक्टर आएको केशरपुर प्राथमिक स्वासथ्यकेन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले बताउनुभयो ।

आफ्नै ठाउँको प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर आएपछि आफूहरु धेरै खुशी भएको स्थानीय बासिन्दा शंकरदत्त जोशीले बताउनुभयो । प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाटले बताउनुभयो ।

मेलौलीमा डाक्टर आएसँगै स्वास्थ्य बीमाको सेवा समेत सुरु हुने भएको छ । स्वास्थ्य बीमा अन्तर्गत केशरपुर प्राथमिक स्वासथ्यकेन्द्रलाई पनि उपचारका लागि सूचिकृत संस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्