एमालेले आज कैलालीको टीकापुर र लम्कीमा बृहत जनभेला गर्दै

<span class='c1'>एमालेले आज कैलालीको टीकापुर र</span> <span class='c2'>लम्कीमा बृहत जनभेला गर्दै</span>

प्रबिन दाहाल

एमालेले मेची महाकाली अभियानअन्तर्गत बुधबार कैलालीको टीकापुर र लम्कीमा बृहत जनभेला गर्दैछ। टीकापुरमा मध्याह्न १२ बजे र लम्कीमा अपराह्न ३ बजे जनभेला सुरु हुने एमालले जनाएको छ। भेलामा अध्यक्ष केपी शर्मा ओली लगायत एमालेका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। एमालेको मेची महाकाली अभियान प्रति आपत्ति जनाउँदै थरुहट तराई पार्टी नेपालले गरेको कैलाली बन्दको प्रभाव सामान्य परेको छ। एमालेले खोक्रो राष्ट्रवादको नारा उठाएर मधेसमा जातीय र साम्प्रदायिक द्वन्द्व निम्त्याएको भन्दै थारुहट तराई पार्टी जिल्ला कार्यसमिति कैलालीले जिल्ला बन्द आह्वान गरेको हो। पार्टीले एमालेको अभियानले जातीय एवं सामाजिक सदुभाव भड्काएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्