नेता भरतमोहन अघिकारी अस्वस्थ भएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान

नेता भरतमोहन अघिकारी अस्वस्थ भएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं चैत २ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता भरतमोहन अघिकारी अस्वस्थ भएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।अधिकारीको सचिवालयले जारी गरेको बिज्ञप्तिमा दिशा र पिसावसम्बन्धी गम्भीर समस्या देखिएपछि डाक्टरको सल्लाहमा उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको उल्लेख छ ।

दिशा पिसावमा समस्या आएपछि गत पुस ७ गते उनी कान्तिपुर अस्पताल भर्ना भएका थिए । कान्तिपुर अस्पतालले बयोधा अस्पताल रिफर गरेपछि त्यहाँ उनको ८ दिनसम्म आइसियुमा राखेर उनको उपचार भएको थियो ।

बयोधा अस्पलामा उनको उपचार गरेका डाक्टर युवराज शर्माको सल्लाह अनुसार थाइल्याण्डको भेजथानी अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । उनलाई आन्द्रा र युरिनरी सिस्टममा गम्भीर समस्या देखिएको छ ।पूर्व अर्थमन्त्रीसमेत रहेका ८० बर्षीय अधिकारी लामो समयदेखि मुटु र दम रोगबाट पीडित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्