पूर्वविद्यार्थीद्वारा चार लाखको छात्रवृत्ति कोष स्थापना

<span class='c1'>पूर्वविद्यार्थीद्वारा चार लाखको</span> <span class='c2'>छात्रवृत्ति कोष स्थापना</span>

बेनी (म्याग्दी)। महेन्द्ररत्न मावि बरञ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले रु चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

महेन्द्ररत्न उच्च मावि पूर्वविद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुन मगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिनुभयो । पुनका अनुसार कोषलाई बढाएर रु १० लाख पु¥याउने लक्ष्य रहेको छ ।

कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसरी छात्रवृत्ति पाउनेमा कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थी रहने पूर्वविद्यार्थी सङ्घका अध्यक्ष पुनले जानकारी दिए।

छात्रवृत्ति सिफारिसका लागि पाँच सदस्यीय उपसमिति गठन गर्ने पनि साधारणसभाले निर्णय गरेको जनाइएको छ । पुन मगरले आफ्नी स्वर्गीय बहिनी ओमकुमारी पुन ९शान्ति०को सम्झनामा रु एक लाखको अक्षयकोषसमेत स्थापना गरिदिनुभएको छ । यस विद्यालयबाट एक हजार पाँचसयभन्दा बढी विद्यार्थीले एसएलसी र दुईसयभन्दा बढीले दश जोड दुई उत्तीर्ण गरिसकेका विद्यालय प्रशासनले जनाएको छ ।

 

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्