एक महिना बितिसक्दा समेत भत्किएको सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्ड मर्मत हुन सकेन

एक महिना बितिसक्दा समेत भत्किएको सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्ड मर्मत हुन सकेन

सिन्धुली, चैत ३ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्डमा पर्ने सितलपाटी गाविसको भलायोटार भीरमा सुख्खा पहिरो गएको एक महिना बितिसक्दा समेत भत्किएको सडक मर्मत हुन सकेको छैन ।

सडक मर्मत नहुँदा यो राजमार्गमा दैनिक सवारी जाम हुने गरेको छ भने सवारी चालकले जोखिमपूर्ण यात्रा गराउनु परेको छ ।

बनेपा–सिन्धुली–बर्दिबास सडक आयोजनाले सुख्खा पहिरो गएको सडकलाई मर्मतमा ढिलासुस्ती गर्दा यात्रा कष्टकर हुनुका साथै दुर्घटनाको खतरासमेत बढेर गएको छ । बीपी राजमार्गमा सुख्खा पहिरो गएपछि सडक आयोजनाले खुलाएको डाईभर्सन सडक उकालो, साँघुरो र धुलाम्मे भएकाले सवारीका आवागमन असुरक्षित बन्दै गएको हो ।

सडक आयोजनाले समयमै सडकको मर्मत गर्न चासो नदेखाएको आरोप स्थानीयले लगाएका छन् । भलायोटार भीरको करिव ३० मिटर पक्की सडक सुख्खा पहिरोबाट सुनकोशी नदीमा खसेपछि डाईभर्सन बनाएर एकतर्फी सवारी साधन सञ्चालन गर्दा खुर्कोट र खाल्टेमा लामो सवारी जाम हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्