बिराटनगर चैत ४ ,
आसन्न स्थानीय निकायको चुनावको लागि नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको लागि मेयर र उपमेयरको नाम घोषणा गरेको छ । बिहीबार बसेको जिल्ला समितिको बैठकले मेयरमा पार्टी नगर इञ्चार्ज भोगेन्द्र यादव र उपमेयरमा नगर संयोजक नमिता न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका मोरङ संयोजक गोपी अछामीले बताउनुभयो । उहाँले चुनावी माहोल बनाउन मद्दत गर्न उम्मेदवार घोषणा गरिएको बताउनुभयो ।