झापा, चैत्र ५ गते। झापाको मेची नगरपालिका-१० बाट प्रहरीले शुक्रबार लागूऔषध ब्राउनसुगर सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत दिनाकपुर घर भई हाल सिलिगुडी बस्ने १८ बर्षिय आकाश सिंह रहेका छन्। बिशेष सुचनाको आधारमा सिंहलाई लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले ८ सय मिलि ग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो। भारतिय बजारबाट नेपालतर्फ आँउदै गरेका सिंहलाई चेकजाँच गर्ने उनको साथबाट प्रहरीले सो परिमाणको लागूऔषध फेलापारी बरामद गरेको हो। पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ। यसैगरी सुनसरीको हरिपुर-९ स्थित भाण्टाबारीबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका २ बस्ने १९ वर्षिय बिशाल राई रहेका छन्। राईको साथबाट प्रहरीले नाइट्रोसन ट्यावलेट ५० थान, स्पास्मोप्रोक्सिवन ट्याब्लेट ४० थान, डाइजेल्याप २४ थान, लुपिजेसिक २४ थान र फेरागन २५ थान फेला पारी बरामद गरेको छ। नियमित सवारी चेकजाँच गर्ने क्रममा सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको टोलीले पूर्वबाट पश्चिम गईरहेको को २७ प ३६५७ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेलापारी उनलाई पक्राउ गरिएको हो ।
-नेपाल प्रहरी