विराटनगरकाे एक मन्दीर जिर्णोद्धारका लागि पुराण हुने

<span class='c1'>विराटनगरकाे एक मन्दीर जिर्णोद्धारका</span> <span class='c2'>लागि पुराण हुने</span>

सुमन सुस्केरा
विराटनगर–१६ स्थित दरहैयामा रहेको विश्व विराटेश्वरी धाम वैष्णवी मन्दिरमा श्रीमद्ध भागवत पुराण ज्ञान महायज्ञ तथा रुद्र चण्डी, नवाहा विश्व शान्ती १०८ महाशक्ति यज्ञ हुने भएको छ ।
विश्व विराटेश्वरी भजन समुहको आयोजनामा चैत–१५ गतेदेखी २३ गतेसम्म पुराण हुन लागेको हो । आयोजक समितिले मन्दीर परिसरमा आज पत्रकार सम्मेलन गरी मन्दीरको थप व्यवस्थापनका लागी पुराण आयोजना गर्न लागेको हो । पुराणवाट २५ लाख रुपैया संकलनगर्ने लक्ष्य रहेको पुराण आयोजक समितिका कोषाध्यक्ष एवम राईले जानकारी दिनुभयो ।

उहाका अनुुसार चैत–१५ गते विहान ९ वजे मन्दीर प्रागनवाट भागवत संकिर्तन शंखध्वनी झाकी सहितको कलश शोभा यात्रा निकालिने छ । यसैगरी प्रत्येक दिन १६ गते देखी २३ गते रामनवमी सम्म विहान ७ वजेदेखी रुद्र चण्डी गोपाल सहस्रनामा भागवत पाठ परायण साथै स्वस्ती सान्ती तथा हवन साथै कथा प्रवचन हुने छ । पुरणबाट उठेको रकमले मन्दीरको ब्इवस्थापन गर्ने गरी मन्दीर ब्यवस्थान समिती तथा माता समुहको आयोजनामा श्रीमदभागवत आयोजना गरिने महायज्ञ सम्पादन कार्यकारिणी व्यवस्थापन समितिका अध्यक्ष एंव सल्लाहाकार आनन्द गुरु महाराजले वताउनुभयो ।
विश्व विराटेश्वरी भजन समुहमा २६ जना अमाहरुको सहभागिता रहेको छ । आमा समुहको सक्रियतामा मन्दीरमा पुराण हुन लागेको समुहकी अध्यक्ष तुलसा माताले वताउनुभयो । चैते दशै र मुख्य दशैमा मन्दीरमा महायज्ञ तथा महापुराणको आयोजना हुने गर्दछ । विगत १३ वर्षदेखी मन्दीर व्यवस्थापन समितिले चैते दशै तथा रामनवमीको अवसरमा पारेर पुराणको आयोजना गर्दै आएको छ । मन्दीर २०५८ सालमा स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्