विराटनगर चैत ६ , संखुवासभामा हावाहुरी र वर्षा संगै चट्याङ पर्दा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँखिभुई हुमिङका २२ वर्षका नवीन जिमि राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जानकारी दिएको छ । मृतक राई मामि्लङ स्थित रामेश्वर क्याम्पसका स्ववियु सभापति थिए । घरमा बसिरहेको बेला चट्याङ लागेर उनको मृत्यु भएको हो ।