मोरङ, चैत्र ६
मोरङको बिराटनगरमा शनिबार एक किराना पसलमा आगलागी भएको छ।
विराटनगर उप-महानगरपालिका १७ बस्ने मलना अयोगको घरमा सोही ठाँउका बुधराम देबले संचालन गरेको किराना पसलमा आगलागी हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको छ।
आगलागीबाट देवको पसलमा रहेको नगद र किराना सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडितले बताए।
उक्त आगलागी प्रहरी र स्थानियवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।