संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै राप्रपाको विरोध प्रदर्शन

<span class='c1'>संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई</span> <span class='c2'>हटाएको भन्दै राप्रपाको विरोध प्रदर्शन</span>

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ ।

पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुसमा राप्रपाका नेता दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने जिकिर गरे ।

राप्रपा निर्वाचनको पक्षमा रहेको र चाँडो र तोकिएकै समयमा निर्वाचन गराउनका लागि प्रतिबद्ध हुँदाहुँदै पनि आयोगले गलत नियत राखेर सो काम गरेको आरोप संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गिरीले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्