गोदावारीमा पुर्ब बिद्यार्थीहरुको भेला

गोदावारीमा पुर्ब बिद्यार्थीहरुको भेला

बिपिन आचार्य

बेलबारी । मोरङको बेलवारी ३ मा रहेको गोदावारी बिद्या मन्दिरका पुर्ब बिद्यार्थीहरुको भेला सम्पन्न भएको छ ।
पुर्ब बिद्यार्थीहरु बिच भाईचारा,एक आपसमा चिनजान तथा सामाजिक सेवामा सहभागिता जनाउने अठोटका साथ बिद्यालयको प्राङगणमा भएको भेटघाटबाट किशोर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ ।

समितीको उपाध्यक्ष एबिन राई,पुर्ण मगर,आशा गुरुङ,सचिब रसिन तामाङ,सह सचिब निरज रिमाल,कोषाध्यक्ष राजन सुवेदी र सदस्यहरुमा सोनु राई,सोनिका सुवेदी,अन्जना राई,प्रदिप डागा,दुर्गामणी गुरुङ, लगायत रहेका छन । 

 भेलामा गोदावारीको प्रथम ब्याज २०४७ साल देखि २०७२ साथ सम्मका पुर्ब बिद्यार्थीहरु बृहत उपस्थिति रहेको भेलामा आशिष राई,योगेन्द्र बाहादुर गुरुङ,पुर्ण मगर,कबिन्द्र प्रसाईं,दुर्गामणि गुरुङ,राजन सुवेदी,रामप्रसाद सुवेदी,बिजय सुवेदी लगायतले आ आफ्ना भनाईहरु राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्