बस दुर्घटनामा दश घाईते

बस दुर्घटनामा दश घाईते

झापा, चैत्र ६ गते। झापाको लखनपुर १ सितापुरी चौकमा आईतबार साँझ यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा दश जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ आँउदै गरेको बा ३ ख ७८१५ नम्बरको यात्रुबाहक बसले बिपरित दिसाबाट आँउदै गरेको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाईकल चालकसहित सात महिला र तीन पुरुष घाईते भएका छन्। घाईतेहरुलाई उपचारकालागी दमकस्थित लाईफलाई अस्पतालमा पठाईएकोमा थप उपचारकालागी तीन जनालाई बिराटनगरस्थित न्यूरो अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बसका चालक फरार रहेकोले खोजिकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्