भतिजा केन्द्राध्यक्ष, ६२ बर्षीय काका परिक्षार्थी !!

<span class='c1'>भतिजा केन्द्राध्यक्ष, ६२ बर्षीय</span> <span class='c2'>काका परिक्षार्थी !!</span>

बेलबारी ÷ भतिजा केन्द्राध्यक्ष काका परिक्षा लेख्ने परिक्षार्थी भन्दा सुन्ने सबैलाई अचम्म लाग्न सक्छ । तर मोरङ बेलबारीस्थित भगवति उच्च माध्यमीक बिद्यालयमा ६२ बर्षीय श्यामराज खड्का अहिले एसईई परिक्षा लेखिरहेका छन ।
उनका आफनै भतिजा भने उत्त बिद्यालयमा केन्द्राध्यक्षका रुपमा खटिएका छन । बिद्यालयका प्रधानध्यापक तथा केन्द्राध्यक्ष उनका भतिजा मानबहादुर खड्का परिक्षा संचालन गरीरहेका छन । खाने मुखलाई जुँगाले छेक्दैन भने झै ६२ बर्षीय खड्का भोजपुर जिल्लाबाट परिक्षामा सहभागी भएका हुन ।
खड्काका कान्छा छोराले एसएलसी परिक्षामा अनुत्तिर्ण भएपछि किन परिक्षा बिगारीस भनेर सोध्दा तपाईले एसएलसी पास नगरेकाले मैले पनि नगरेको भनेर जवाफ दिएकाले पढ्नु पर्ने रहेछ भनेर ज्ञान आएको उनले सुनाए । खाने मुखलाई जुगाले छेक्दैन भने झै पढ्नका लागी उमेरले नछेक्ने उनको तर्क छ । उनीजस्तै भगवती उच्च माध्यमिक बिद्यालय केन्द्रमा २ सय भन्दा बढिले परिक्षा लेखीरहेका छन । राजनिति गर्ने देखि सामाजीक कार्यकर्ताले समेत समेत परिक्षा लेखीरहेका छन ।
स्थानिय निकायको चुनाबको चर्चासँगै पढाई प्रतिको आकर्षण समेत बढ्ेको छ । खड्का बिभिन्न आधादर्जन भन्दा बढि संघ संस्थामा आबद्ध छन । खस क्षेत्री समाजको केन्द्रिय सदस्य, बिश्व हिन्दु परिषद भोजपुरको अध्यक्ष जस्ता आधा दर्जन भन्दाबढि जातीय तथा धार्मीक संघ संस्थामा उनले काम गरिसकेका छन ।
तपाई राजनिति गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले राजनिति गर्ने गरेको तर दल भने खुलाउन चाहेनन । भगवती उमाबि केन्द्रमा खुल्लातर्फ बाट २ सय जनाले परिक्षा लेखीरहेका छन । तेह्रथुम, संखुवासभा, भोजपुर खोटाङ, धनकुटा उदयपुर झापा मोरङ सुनसरी जिल्ला बाट खुल्ला तर्फ बिद्यार्थी सहभागी रहेका छन । बेतना दैनिकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्