काठ तस्करहरूसँग मिलेमताे गर्ने दुइ प्रहरीहरू पक्राउ गरिएकाे छ । धरान वार्ड नम्बर २० विष्णुपादुकाकाे भवानीथान सामुदायिक वन उपभाेक्ता समितिबाट काठ तस्करी गर्न बाेलेकाे गाडीमा काठ लाेड गरिरहेकै अवस्थाबाट दुइ प्रहरी र अन्यलाइ पक्राउ गरिएकाे थियाे ।
काे १ च ६३८१ नम्बरकाे बाेलेराे गाडीमा साविककाे विष्णुपादुका गाविस ८ र हालकाे धरान २० वरडाँडा भन्ने स्थानबाट विष्णुपादुका अस्थायी प्रहरी पाेष्रटका इन्चार्ज प्रहरी हवल्दार खेमबहादुर कुँवर र प्रहरी जवान गंगा लिम्बुसहित काठ तस्कर धरान १८ काे विवेक लिम्बु बाेलेराे गाडीका चालक विराटनगर-५ का नगरेन्द्र कार्कीलाइ पक्राउ गरीएकाे हाे ।
उनीहरूलाइ सेक्टर वन कार्यालय धरान बुझाइएकाे वन उपभाेक्ता समितिका काेषाध्यक्ष राजबहादुर राइलाइ उदृत गर्दै उद्घाेष दैनिकले समाचार लेखेकाे छ । करिब १९ किवि काठसँगै प्रहरीले प्रयाेग गरेकाे काे ४ प ८००७ नम्बरकाे पल्सर माेटरसाइकल समेत बरामद गरिएकाे छ ।