जनतामैत्री सेवा दिन प्रहरीहरूलाइ तालिम

जनतामैत्री सेवा दिन प्रहरीहरूलाइ तालिम

विराटनगर ८ चैत्र । जिल्लाको मातहतमा रहेका प्रहरीलाई ५ दिने नागरिक मैत्री सेवा र मानव अधिकार अनुशिक्षण चौथो चरणको तालिम सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक श्री सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रममा ३७ प्रहरीलाई तालिम दिएको हो ।

मंगलबारबाट शुरू भएको कार्यक्रममा अनुशिक्षण तालीमका प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक जमुना कुमारी बस्नेतले तालीम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

चौथो चरणको तालीममा प्रह ७, प्रज ३० (१ जना महिला सहित) गरी जम्मा ३७ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा ७ चरणमा संचालन हुने यस तालीममा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गरी जम्मा २६० जना प्रहरी कर्मचारीहरूले नागरिक मैत्री सेवा र मानव अधिकार तालीम हासिल गराउने भएको छ ।
कार्यालयले यस भन्दा अगाडी २ चरणमा भिड नियन्त्रण, ५ चरणमा अपराध नियन्त्रण तथा अनुसन्धान, ४ चरणमा सुरक्षा नियन्त्रण र ३ चरणमा नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण कार्यक्रम (घुम्ति प्रशिक्षण) तालीम सम्पन्न गरेको प्रहरी नायव उपरीक्षक योगन्द्र सिह थापाले जानकारी दिनुभयो ।

मोरङ प्रहरीले निरन्तर रूपमा तालीम संचालन गरी प्रहरी कर्मचारीहरूलाई दक्ष बनाउने कार्यगरी अगाडी बढ्ने थापाले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्