मोटरसाईकलको ठक्करबाट बालिका घाईते

मोटरसाईकलको ठक्करबाट बालिका घाईते

झापा, चैत्र ८ गते। झापाको बिर्तामोड नगरपालिका-६ बुट्टबारीस्थित मंगलबार मोटरसाईकलको ठक्करबाट एक बालिकासहित मोटरसाईकल चालक घाईते भएका छन्। घाईते हुनेमा सोही ठाँउ बस्ने भिम बहादुर दर्जीको ८ बर्षिया छोरी रन्जना दर्जी र मोटरसाईकल चालक झापा शिबसतासी नगरपालिका-६ बस्ने राजेन्द्र रिजाल रहेका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ८ प ८७२१ नम्बरको मोटरसाईकलले पैदलयात्री बालिकालाई ठक्कर दिँएको थियो। घाईते दुबैको बि एण्ड सी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ। मोटरसाईकललाई प्रहरी चौकी बुट्टाबारीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्