मोटरसाईकलले बयलगाडालाई ठक्कर दिँदा एकको मृत्यु

मोटरसाईकलले बयलगाडालाई ठक्कर दिँदा एकको मृत्यु

चैत्र ८ गते। सप्तरीको बोधेबर्साईन १ मा मंगलबार मोरटसाईकलले बयलगाडालाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तत्काल नम्बर नखुलेको मोटरसाईकलको पछाडी सवार सप्तरी ७ धनगढी बस्ने अन्दाजी ४५ बर्षिय सुभाष मण्डल रहेका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाईकलले सोही दिसातर्फ जाँदै गरेको बयलगाडालाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो। दुर्घटनाबाट घाईते मण्डलाई उपचारकालागी लाहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोधेबसाईनले जनाएको छ। मोटरसाईकल चालक फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ। यता मोरङको निक्लाजुङ ६ मा मंगलबार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाईते भएका छन्। निक्लाजुङस्थित भित्री सडक खण्डमा दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे ८ प १८८५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलका चालक सोही ठाँउ बस्ने प्रकाश राई घाईते भएका हुन्। घाईते राईलाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर पठाएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। मोटरसाईकल इलाका प्रहरी कार्यालय मधुमल्लाको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्