राष्ट्रिय दल बन्न : समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा १ सिटको थ्रेसहोल्ड

<span class='c1'>राष्ट्रिय दल बन्न : समानुपातिकतर्फ ३</span> <span class='c2'>प्रतिशत र प्रत्यक्षमा १ सिटको थ्रेसहोल्ड</span>

चैत्र ९, २०७३- राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा सहभागी हुने दलहरूले प्रतिनिधिसभाको निर्वाचनमा कम्तीमा पनि समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट ल्याउनु पर्ने (थ्रेसहोल्ड) को व्यवस्था हुने भएको छ ।

निर्वाचनमा खसेर सदर भएको मतमध्येबाट राष्ट्रिय दलको अस्तित्व राख्नका लागि समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षमा एक सिटको थ्रेसहोल्ड राख्ने दलहरुबीच सहमति बनेको हो । संसदको राज्य व्यवस्था समितिले सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ गृहकार्यका टुंगाउँदै उपसमितिले उक्त निर्णय गरेको हो । उक्त उपसमितिको बुधबार बसेको २७ औं बैठकले राज्य व्यवस्था समितिलाई आफ्नो निष्कर्ष बुधबार दिउँसै हस्तान्तरण गर्दैछ ।

‘हामीले कम्तीमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा एक सिट जित्नु पर्ने थ्रेसहोल्ड भने पनि राख्यौं,’ उपसमितिका सदस्य तथा सांसद रामेश्वर फुयालले भने, ‘यसले दलहरुको केही हदसम्मको अराजकतालाई रोक्ने छ ।’

उपसमितिका सदस्यहरू तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले भने थ्रेसहोल्ड राख्न नहुने फरक मत राखेका थिए । फुयालले ५ प्रतिशत थ्रेसहोल्ड राख्नु पर्ने अडान लिएका थिए । अब उक्त निर्णयलाई समितिमा छलफल गरेर संसदमा पेस गरिने छ । उक्त प्रस्तावलाई गृहमन्त्रीले विधेयकको रुपमा संसदमा पेस गरेपछि पारित हुन्छ र राष्ट्रपतिले स्वीकृत गरेपछि ऐन बनेर लागू हुनेछ । कान्तिपुर दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्