एटीएम कार्डबाट रकम ठगी गर्ने ७ जनालाई प्रहरीले समात्यो

एटीएम कार्डबाट रकम ठगी गर्ने ७ जनालाई प्रहरीले समात्यो

काठमाडौं । प्रहरीले एटीएम कार्डबाट करोडौं रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । क्लोन म्याग्नेटिक कार्ड प्रयोग गरेर अरुको खाताको रकम झिक्ने गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले ७ जनाको समूहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुख्य योजनाकार दोलखाका सुरेश केसी, आईटी इन्जिनियर अभिषेकसहित केवलप्रताप जबरा, अनुज नकर्मी, रोमन महर्जन, विजय लामा दोङ, र भारतका नदिम खान रहेका छन् ।

यो समूहले काठमाडौंका साथै भारतका ठूला ब्यापारी तथा कम्पनीहरुले सञ्चालनमा ल्याएको प्वाइन्ट अफ सेल पीओएस मेसिनका सञ्चालकको मिलेमतोमा विभिन्न व्यक्ति तथा संस्थाको बैंक खातामा रहेको रकम चोरेको खुलेको छ ।

पीओएस मेसिनमा डेबिट, क्रेडिट, सेक्युरिटी, प्रिपेड र बैंक कार्ड प्रयोग गर्नेहरुको खताबाट करोडौं रकम चोरी भएको पाइएको छ ।

यी समूहले क्षेत्रपाटीको डिसोभिनियरबाट ३० लाख, चाबहिलको चाँदनी ज्वैलर्सबाट ४७ लाख, भक्तपुरको पौरजिक थान्काबाट ४५ लाख र महाराजगञ्जको लिक्वायर कम्पनीबाट ४ लाख निकालेको खुलेको छ ।

साथै दुई वर्षअघि पोखराको टिका रिसोर्टबाट २ करोड निकालेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्