चुल्हाेकाे अागाेले तीन लाख बढीको क्षति

चुल्हाेकाे अागाेले तीन लाख बढीको क्षति

ताप्लेजुङ, चैत्र १० गते । ताप्लेजुङको लिम्बुदिन २ मा बुधबार भएको आगलागीबाट तीन लाख बढीको क्षति भएको छ। आगलागीबाट सोही ठाँउ बस्ने मदन लिम्बुको घरमा अचानक चुल्होबाट आगलागी हुँदा अन्दाजी ३ लाख ३० हजार ५ सय बराबरको क्षति भएको छ। आगलागीबाट लिम्बुको ढुंगा माटोले बनेको र फुसले छाएको २ तले घर र घर भित्र रहेका सम्पुर्ण सर-सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए। उक्त आगो प्रहरी र स्थानियवासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी साब्लाखुले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्