कोरियन भाषा परीक्षाकाे फारम लिनका लागि घन्टाैं लाइनमा बस्नु परेकाे समाचारहरू यस अघिका वर्षहरू सुनिने र देखिने गर्थ्याे । यस वर्ष अनलाइनबाटै फारम भर्ने सुविधा अाएपछि फारम लिने समस्या हटि लाइन बस्नु नपर्ने विश्वास गरिएकाे थियाे तर अनलाइनबाट फारम भरे पनि बैंककाे भाैचर अावश्यक पर्ने भएपछि भाषा परिक्षाकाे रकम जम्मा गर्ने अाधिकारिक बैंकका रूपमा रहेकाे ग्लाेबल अाइएमइ बैंककाे देशभरीका शाखामा युवाहरूकाे उस्तै भिड देखिन थालेकाे छ ।
विराटनगरमा रहेकाे ग्लाेबल अाइएमइ बैंकमा पनि भाषा परिक्षामा सहभागी हुन चाहने युवाहरूकाे भिड बिहानै देखि लाग्न थालेकाे छ ।
रोजगार अनुमति प्रणाली अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम मंगलबार राति १२ बजेदेखि खुलेर चैत १८ गते बन्द हुनेछ।
[caption id="attachment_30398" align="aligncenter" width="509"] नगद काउन्टर सम्बन्धि सुचना[/caption]