शरिरभरी लागुअाैषध लुकाएर ल्याउने पक्राउ

शरिरभरी लागुअाैषध लुकाएर ल्याउने पक्राउ

झापा, चैत्र १० गते। प्रहरीले झापाको मेचीनगरपालिका-६बाट बुधबार दिउँसो लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगरपालिका १२ बस्ने अन्दाजी २८ बर्षिय राजु राई रहेका छन्। राईको साथबाट प्रहरीले लागूऔषध फेनारागन-२० एम्पुल, लुपिजेसिक-२० एम्पुल,डाईजेपाम-२० एम्पुल फेलापारी नियन्त्रणमा लिएको हो। उनलाई लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा शरिरको बिभिन्न ठाउँमा लुकाई छिपाई ल्याउँदै गरेको सो परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो। पक्राउ परेका राईलाई इलाका प्रहरि कार्यालय काकडभिट्टमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्