अष्ट्रेलियामा निशुल्क पढ्नका लागि छात्रवृत्ति, कसरी भर्ने फारम ?

<span class='c1'>अष्ट्रेलियामा निशुल्क पढ्नका लागि छात्रवृत्ति,</span> <span class='c2'>कसरी भर्ने फारम ?</span>

नेपालबाट हरेक वर्ष हजाराैं युवाहरू अध्ययनका लागि जाने गर्दछन् । लाखाैं लगानी गरेर पनि अष्ट्रेलिया जान नपाउनेहरू पनि त्यति कै संख्यामा हुन्छन् । तर निक्कै कमलाइ मात्र थाहा हाेला अष्ट्रेलिया नेपालमा सबै भन्दा धेरै छात्रवृत्ति दिने राष्ट्र मध्येमा पर्दछ । अहिले ति मध्येकाे एक प्रतिष्ठित छात्रवृतिकाे फारम खुलेकाे छ । 

अहिले अष्ट्रेलियन सरकारले हरेक वर्ष प्रदान गर्दै अाएकाे अष्ट्रेलियन अवार्डकाे अावेदन खुल्ला भएकाे छ ।  अष्ट्रेलिया अवार्ड्स भनेका अष्ट्रेलिया सरकारको लगानीमा सञ्चालित प्रतिष्ठित अन्तर्राष्ट्रिय छात्रवृत्ति तथा फेलोसिप हाे । यसले विश्वव्यापी रूपमा अष्ट्रेलियामा अध्ययन, अनुसन्धान र व्यवसायिकता विकासका लागि अवसर प्रदान गर्छ । अष्ट्रेलिया अवार्ड्स स्कलरसिप्स इन नेपालको २०१८ काे सत्रका लागि आवेदनहरु खुलेकाे छ । उक्त अावेदन ३० अप्रिलदेखि बन्द हुने बताइएकाे छ ।

यस अवार्ड अन्रर्गत पढाइ खर्च सहित जाने अाउने टिकट, ट्युसन फि, सेटलमेन्ट खर्च , बसाेबास खर्च, स्वास्थ्य बिमाहरू अष्ट्रेलियन सरकारले व्यहाेर्ने गर्दछ ।

अष्ट्रेलिया अवार्डसमा सहभागी हुनका लागि यसकाे अाधिकारीक वेवसाइट www.australiaawardssouthwestasia.org मा गएर निशुल्क फारम भर्न सकिन्छ ।

फारम भर्ने वेबसाइट काे लिङ्क ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्