मौसम पुर्वानुमान अब उच्च प्रविधिबाट हुने

<span class='c1'>मौसम पुर्वानुमान अब</span> <span class='c2'>उच्च प्रविधिबाट हुने</span>

 प्रबिन दाहाल
नेपालमा मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडान गर्ने तयारी भएको छ । मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउन उच्च प्रविधि जडान गर्न लागिएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । दुई वर्षभित्र काठमाडौं, सुर्खेतको गुराँसेडाँडा र उदयपुरमा मौसमसम्बन्धी सबै खालका जानकारी दिनसक्ने तीनवटा मौसमी राडार जडान गर्ने प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो । राडार जडानपछि नेपालको पूरै आकाश स्क्यानिङ हुनछ यसले सामान्य किसिमको बादल तथा चट्याङको अवस्थाका बारेमा पनि जानकारी दिन सकिनेछ । राडार जडानपछि हावाको वेग, आकाशको तापक्रम, कुन ठाउँमा कति पानी र असिना पर्छ भन्ने थाहा पाइनेछ । यस्तै ८८ वटा ठाउँमा स्वचालित मौसम स्टेसन निर्माण गर्ने तयारी पनि भइरहेको छ । यसपालिको विश्व मौसम दिवसको अवसर पारेर अत्याधुनिक यन्त्र जडान गर्न लागिएको जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक एवं मौसम पूर्वानुमान महाशाखा प्रमुख डा। जगदिश्वर कर्माचार्यले जानकारी दिनुभयो । दिवसको यसवर्षको नारा बादललाई बुझौँ भन्ने तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्