युवाकाे दवाब पछि नगरपालिकाले नाला सफा गर्याे, बाटाे हिड्न सहज

युवाकाे दवाब पछि नगरपालिकाले नाला सफा गर्याे, बाटाे हिड्न सहज

बिराटनगर वार्ड नं. ९ मातृका मार्गका स्थानीयहरु उचित नालाको व्यवस्था नहुंदा सामान्य वर्षाको बेला समेत नालाको पानी सडकमै आउने समस्याले पिडित थिए ।

[caption id="attachment_30442" align="aligncenter" width="450"]सफा हुनु भन्दा पहिलेकाे अवस्था यस्ताे थियाे । बाटाे हिड्नै गाह्राे हुने भए पछि युवाहरूले नगरपालिका गुहारेका थिए । सफा हुनु भन्दा पहिलेकाे अवस्था यस्ताे थियाे । बाटाे हिड्नै गाह्राे हुने भए पछि युवाहरूले नगरपालिका गुहारेका थिए ।[/caption]

आयुस कर्ण , ऋषि प्रकाश र विशाल कर्णलगायतका स्थानीय युवाहरुले होलिको अघिल्लो दिन व्यवस्थित एवं सफा नालाको माग राख्दै टोल संगठन र उपमहानगरपालिकाको विरोध गरेका थिए ।

अाफ्नाे पहल अनुरूप आज विराटनगर उपमहानगरपालिकाले मातृका मार्गको सरसफाइ गराएकोमा स्थानीय युवाहरू हर्षित भएका छन् । मातृका मार्ग विराटनगरको ऐतिहासिक वार्ड हो जुन पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास जाने बाटो समेत हो । तथापी त्यहाँ उचित नालाको वयवस्था नहुंदा स्थानीयमा वितृष्णा बढेको छ ।

आजको सरसफाईले स्थानीय हर्षित भए पनि मेन रोडको नालाको पानी समेत मातृका मार्गको सानो नालामा ओभरफ्लो हुने तसर्थ यसको दिगो समाधान नै खोज्नुपर्नेमा स्थानीय युवाले जोड दिएका छन । साथै अबदेखि नियमित नाला सरसफाइ हुने आशा समेत राखेका छन ।

[caption id="attachment_30441" align="aligncenter" width="800"] तस्बिर: पुजा लम्साल[/caption]

[caption id="attachment_30445" align="aligncenter" width="800"] तस्बिर: मिरा अधिकारी[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्