प्रेमीका हत्या गर्ने दुई पक्राउ, व्यवसायीकाे अपहरणमा प्रयाेग भएकी थिइन प्रेमिका

<span class='c1'>प्रेमीका हत्या गर्ने दुई पक्राउ, व्यवसायीकाे</span> <span class='c2'>अपहरणमा प्रयाेग भएकी थिइन प्रेमिका</span>

काठमाडौं : व्यवसायी अपहरणमा प्रयोग गरेपछि प्रेमिकाको हत्या गर्ने गिरोहका दुई सदस्यलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ बर्षीय किशोर गिरी र २७ बर्षीय सरोज घोरासैने रहेका छन्। प्रमुख योजनाकार २८ बर्षीय प्रकाश लामिछाने भने फरार रहेको प्रहरीले जनाएको छ।

व्यवसायी श्यामसुन्दर अग्रवाललाई फागुन ५ गते अपहरण गरी फिरौती लिएपछि प्रेमी प्रकाशसहित तिनैजना अपहरणकारीको समूहले प्रेमिका २५ बर्षीया राधिका श्रेष्ठलाई भक्तपुरको बागेश्वरी गाविसस्थित मुहानपोखरीमा हत्या गरेको प्रहरीले सार्वजनिक गरेको छ। राधिका व्यवसायी अग्रवालको स्टाफ हुन्। सुन्धारास्थित गेष्ट हाउसमा राधिकाले अग्रवाललाई बोलाएपछि सोही ठाउँमा अपहरणकारीले उनलाई नियन्त्रणमा लिएर १० लाख ७० हजार रुपैयाँ फिरौती लिएर फरार भएका थिए । सोही दिनराति राधिकाको समेत हत्या भएको थियो। प्रकाश फागुन ६ गते हवाई मार्ग हुँदै भारत पुगेका थिए भने त्यसको केही दिनपछि किशोर पनि भारत पुगेका थिए । प्रकाश र सरोजले न्युरोडमा मोबाइल पसल सञ्चालन गर्दै आएका छन्। उनीहरु मामा फुपूका छोराछोरी हुन्। प्रकाश र किशोर दुवैको घर भक्तपुर बागेश्वरी हो। व्यवसायी अग्रवालको पसलमा काम गरी कालिमाटीस्थित डेरा फर्कने क्रममा प्रकाश र राधिकाबीच करिब दुई वर्षयता प्रेम सम्बन्ध रहेको थियो। प्रकाशकै योजनामा राधिकाको हत्या भएको पक्राउ परेका किशोर र सरोजले प्रहरीसँगको बयानमा स्वीकार गरेका छन्। प्रहरीले किशोरलाई बुधबार मात्र नयाँदिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको समाचार अाजकाे अन्नपूर्ण पाेष्टमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्