बिराटनगरमा यात्रुबाहक बसको ठक्कर, दुई जना घाईते

<span class='c1'>बिराटनगरमा यात्रुबाहक बसको ठक्कर,</span> <span class='c2'>दुई जना घाईते</span>

चैत्र ११ । मोरङको विराटनगर उपमहानगरपालिका ५ मा बिहिबार यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् ।

घाईते हुनेमा ओखलढुंगा सिद्धिचरण ८ बस्ने शुभराज राई र मोटरसाईकलको पछाडी सवार कर्ण बहादुर सुनुवार रहेका छन्। उनिहरुलाई कोशी राजमार्ग अन्तर्गत बिराटनगर ५ स्थित धिताल पम्प नजिक बिराटनगरबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ६७४७ नम्बरको यात्रुबाहक बसले बा ८१ प ९३३७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते दुबैजनालाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर पठाएको प्रहरी चौकी बरगाछीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्