बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ घाईते

बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ घाईते

झापा, मोरङ, चैत्र १२ गते । झापा र मोरङ जिल्लामा शुक्रबार राती भएको सवारी दुर्घटनामा परी तीन जना घाईते भएका छन्। झापाको दमक नगरपालिक- ३ भित्री सडक खण्डमा उतरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। घाईते हुनेमा मे.४ प. ४९१८ नम्बरको मोटरसाईकल चालक दमक १३ बस्ने प्रशान्त बंगाली र पछाडी सवार दमक वेलडाँगी २ बस्ने हर्कराज घले रहेका छन्। घाईते दुबैजनाको लाईफ लाईन अस्पताल दमक पठाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।  यसै गरि मोरङको सुन्दर-हरैचा नगरपालिका ७ स्थित ठडिया चोकमा सिटी सफारीको ठक्करबाट एक जना घाईते भएका छन्। भित्री सढक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सिटी सफारीले सोही ठाँउका ६० बर्षिया घुरनी चौधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते चौधरीलाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर पठाईएको छ। ठक्कर दिने सफारी र चालकलाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्