मतदाता शिक्षा कार्यक्रम सुरु

मतदाता शिक्षा कार्यक्रम सुरु

बिनु तिम्सिना

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउन मतदाता शिक्षा कार्यक्रम शुरु गरिएको छ ।
निर्वाचन आयोगले मुलुकभर ८ वटा ठाँउमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लैजान क्षेत्रीय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । सो प्रशिक्षण कार्यक्रमका सहभागिहरुलाई मतदान, मतदानको महत्व, मतदान प्रक्रिया, निर्वाचन प्रणाली, स्थानीय तह र आचारसंहिता बारे प्रशिक्षण दिइने बताइएको छ ।

शनिवार देखि विराटनगरमा आयोजित क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वाञ्चलको मेचीका ४, कोशीका ६ र सगरमाथा अंचलका सप्तरी र उदयपुर गरी १२ जिल्लाका प्रशिक्षकहरु सहभागि छन् । क्षेत्रीय तथा जिल्ला निर्वाचन अधिकारी, स्रोत व्यक्ति, जिल्ला समन्वय समितिका सहजकर्ता र महिला शिक्षिका गरी ६४ जना सहभागि प्रशिक्षकहरुले जिल्ला जिल्लामा गएर स्थानीय तहका प्रशिक्षकहरुलाई प्रशिक्षण दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्