बिनु तिम्सिना
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन आयोगले सवै तयारी अघि वढाएको बताउनु भएको छ । निर्वाचन आयोगले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले मधेशवादी दलहरुलाई निर्वाचनमा सहभागी गराउन प्रमुखदलहरु विच घनिभूत छलफल भइरहेकाले मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्धारित समयमा निर्वाचन सफल हुने बताउदै मधेशबादी दलहरु पनि निर्वाचनमा सहभागि भएपछि निर्वाचनमा अबरोध नहुने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले दुई नम्बर प्रदेश तथा पश्चिमका केही ठाँउमा संयुक्त मधेशी मोर्चाको अबरोधका कारण काममा समस्या भएको भन्दै दलहरु विच आबश्यक छलफल गरेर सहमति गरि निर्वाचनको लागि बाताबरण बनाउनुपर्नेमा जोड दिनुभयो । सबैतिर निर्वाचन एकै दिन गराउने गरी तयारी भएको भन्दै मधेशबादी दल तयार नभएपनि निर्वाचन भने नरोकिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन आयोगले अहिले सम्म २२ जिल्लाको लागि मतपत्र छापिसकेको , घरघरमा मतदाता शिक्षाका लागि टोली परिचालनको तयारी भइरहेको बताउनुभयो । मधेशी मोर्चाले भने जस्तो जनसंख्याको आधारमा स्थानिय तहको संख्या निर्धारण गर्ने दलिय सहमति भए त्यसको ब्यवस्थापनका लागि पनि आयोग तयार भएको उहाँले बताउनुभयो । प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन छुट्टाछुट्टै हुने भन्दै उहाँले त्यसको लागि पनि समय कम भएकोले सबैले तिब्र रुपमा तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
साथै उहाले राप्रपाले हिन्दु धर्मको दुहाइ दिएर भोट माग्नु संविधान र आचार संहिता विपरीता हुने भएकाले आचार संहिता विपरित गतिविधि गर्ने जुनसुकै दललाइ पनि कारवाहि गरिने बताउनुभयो ।
तस्विर: प्रेम देवान