परिमार्जनसहित संविधान संसोधन भए निर्वाचनमा जान्छाैं- महन्थ ठाकुर

<span class='c1'>परिमार्जनसहित संविधान संसोधन भए</span> <span class='c2'>निर्वाचनमा जान्छाैं- महन्थ ठाकुर</span>

बिनु तिम्सिना
तराई मधेश लोकतान्त्रिकपार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जन सहित संविधान संसोधन प्रस्ताव पारित भए मधेशी मोर्चा निर्वाचनमा सहभागी हुन तयार रहेको बताउनु भएको छ

तराई मधेस लोकतान्त्रिक पार्टी जिल्ला कार्य समिति मोरङले शनिबार विहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा वोल्दै उहांले मधेशी मोर्चा निर्वाचनको विरोधी नभएको भन्दै निर्वाचनका लागि आफुहरुसंग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने बताउनुभयो । अध्यक्ष ठाकुरले संविधान संशोधनका विषयमा दलहरुविच सैद्धान्तिक सहमति भएपनि अहिलेसम्म ठोस सहमति भने हुन नसकेको वताउनुभयो । उहांले सिमांकनलाई थांती राखेर निर्वाचनमा भाग लिन नसकिने वताउनुभयो ।

निर्वाचनमा सवैको सहभागिता गराउन संविधान संसोधन आवश्यक रहेको उहाको भनाई थियो । अध्यक्ष ठाकुरले निर्वाचन स्थगित गरेर मोर्चासंग भएको सम्झौता कार्यान्वयनपछि सवैको निर्वाचनमा सहभागिताहुने र निर्वाचनले सार्थकता पाउने दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्