लिम्बू बिद्यार्थी मञ्चले स्थापना दिवस मनायो

<span class='c1'>लिम्बू बिद्यार्थी  मञ्चले</span> <span class='c2'>स्थापना दिवस मनायो</span>

फिपराज बेघा
लिम्बु विद्यार्थीहरुको सामाजिक विद्यार्थीहरुको प्रतिनिधिमूलक संस्था लिम्बू बिद्यार्थी  मञ्चको १९ औं स्थापना दिवस मनाएको छ। चैत १२ गते शनिवार पथरी मोरङ स्थित पथरी बहुमुखी क्याम्पसमा “समाजशास्त्रीय दृष्टिकोणमा लिम्बुहरु“ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो । किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य एवम बुद्धिजिवि कमल तिगेलाले सहजीकरण गर्नुभएको कार्यक्रम लिम्बु बिद्यार्थी मञ्च मोरङले आयोजना गरेको हो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका कार्याबहक अध्यक्ष विवेक योङहाङ, किरात विद्यार्थी संघका निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईलगायतले सम्बोधन गरेका थिए । मञ्चका विभिन्न क्याम्पस शाखा समिति, उमावि शाखा समिति र अभिवावक गरी ८० जनाको कार्यक्रमममा सहभागीता रहेको थियो ।  मञ्च वि.सं. २०५५ साल चैत ६ गते त्रिभुवन विश्वविद्यालय कीतिपुर काठमाण्डौमा स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्