इलाम, चैत्र १२ गते। इलामको माई नगरपालिका-३ स्थित सोराली खोल्सामा बस खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्। मृत्यु हुनेमा इलाम चिसापानी ५ बस्ने १३ बर्षिया रुष्मा मगर रहेकी छन्।
विर्तामोडबाट यात्रु लिएर इलामको चिसापानीतर्फ जाँदै गरेको मे १ ख ४१७ नम्बरको बस सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो। दुर्घटनाबाट मगरको घट्नास्थलमा नै मृत्यु भएको प्रहरी चौकी दानाबारीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी चिसापानी ५ बस्ने रेखा लावती, बिमला लावती, माई नगरपालिका ३ बस्ने सिता बराईली र बिर्तामोड नगरपालिका ५ बस्ने सरिता बराईली सामान्य घाईते भएका छन्। चालक फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।