प्रबिन दाहाल
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रिय एवम् अन्तर्रा्ष्ट्रिय विभागका सदस्य सङ ताओसंग द्विपक्षिय भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल चीन सम्बन्धका का बारेमा छलफल भएको थियो । भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालमा संविधान कार्यान्वयन गरी स्थायित्वको लागि अभ्यास भइरहेको र सोही क्रममा स्थानिय निकायको निर्वाचनको तयारी भइरहेको बताउनुभएको चीनमै रहनुभएका परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई उद्धृत गर्दै उहाँका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । भेटमा ताओले नेपालले एक चीन नीतिमा देखाएको प्रतिबद्धता को र्सहाना गर्दै अगामी दिनमा वान रोड वान बेल्टको सञ्जालको माध्यमबाट थप सम्बन्ध सुढृढ गर्ने बताउनुभएको थियो । सङले प्रधानमन्त्री दाहाल सम्मानमा दिवा भोज को समेत आयोजना गर्नुभएको छ । यसैबीच प्रधामन्त्री दाहाल सहितको नेपाली टोलीे आजै बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रममा सहभागी हुँदैछन् । सो कार्यक्रमलाई प्रधानमन्त्री दाहालले प्रमुख वक्ताका रुपमा आज सम्वोधन गर्दैहुनुहुन्छ ।