विराटनगर महानगरपालिका बन्न नसक्दा दुखित छु: अर्थमन्त्री महरा

विराटनगर महानगरपालिका बन्न नसक्दा दुखित छु: अर्थमन्त्री महरा

प्रेम देवान

विराटनगर १३ चैत्र । अर्थमन्त्री कृष्णवहादुर महराले सरकारले नया संरचान अनुसार वनेका स्थानीय तहलाई शत्तिशाली वनाउने ढगमा वजेटको तयारीका लागि सरकार लागी परेको बताएका छन् ।
विराटनगरमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले आईतबार आयोजना गरीएको पुर्वाञ्चल स्तरीय वजेट पुर्व अन्तक्रिया कार्यक्रममा वोल्दै मन्त्री महराले मुलुक संघिय व्यवस्थामा गई सकेकाले आगामी वजेट संघिय वितिय व्यवस्था अनुकुलको हुने गरी वजेट निर्माणको तयारी भईरहेको समेत बताए ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री महराले स्थानीय तह निर्माण भई सकेकोअवस्थामा वनेका नगरपालिका, गाउपालिकालाई स्थानीय सरकारको अधिकार प्रत्यभुत हुने गरी वजेट मार्फत सम्वोधन गर्ने समेत बताए ।
अर्थमन्त्री महराले भने, विराटनगरलाई महानगरपालिका वनाउन आफुले सक्दो पहलको थालनी आजै बाट गर्नेछु ।
पुर्वाञ्चलकै हबका रुपमा रहेको विराटनगर के कारणले महानगरपालिकाको रुपमा पर्न असफल भयो– यसमा म दुखित छु् । विराटनगवासीको महानगरपालिका वनाउने चहानालाई आफुले प्रधानमन्त्री एव मन्त्रीहरु सरकारमा भएका दलका नेताहरु एव सरकार वाहिर रहेका सवै दलका नेतृत्वसंग विराटनगरलाई महानगरपालिका वनाउनका सहमति खोज्ने प्रतिवद्धता व्यक्त समेत गरे ।
यासैविच कार्यक्रममा उद्योगी राजकुमार गोल्छा, शिवशकर अग्रवाल,भोलेश्वर दुलाल,अभिनास वोहरा,अर्थशास्त्री डा पिके झा, मोरङ व्यापार संघका अध्यक्ष एव सांसद पवन सारडाले विराटनगरलाई महा नगरपालीका बनाउन र यसका लागी बजेटमा ध्यान दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्