हाेमियाेप्याथिक एशाेसिएसनद्वारा विराेध

हाेमियाेप्याथिक एशाेसिएसनद्वारा विराेध

पुष्पराज थपलिया

पशुपति होमियोप्याथिक चिकित्सालयलाई पाटन उच्च अदालत इजलासले लिनका लागि प्रकृया अघि बढाएको भन्दै अल नेपाल होमियोप्याथिक एशोसिएसनले विरोध जनाएको छ ।

होमियोप्याथिक शिक्षण अस्पताल निर्माण गरी रोजगारीको सृजना गर्नु पर्नेमा अदालतलाई जिम्मा लगाउने तयारी भएको भन्दै विरोध जनाएको हो ।
आइतवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै एशोसिएसन क्षेत्रिय समितिले निर्माण प्रकृयामा रहेको स्वास्थ्य निर्देशिकामा होमियोप्याथिक चिकित्सालाई छुट्टै व्यावस्था गर्न माग गरेको छ । त्यस्तै होमियोप्याथिक चिकित्सा बोर्ड तुरुन्त गठन गर्न माग गरेको छ ।

होमियोप्याथिक सस्थाका साथै होमियोप्याथिक क्लिनिक र औषधी पसललाई नै बँन्द गराउने सुनियोजित र षडयन्त्रपूर्ण सरकारले गरेको अल नेपाल होमियोप्याथिक एशोसिएसन पूर्वाञ्चलका अध्यक्ष डा. योगेन्द्र राईले आराप लगाएका छन् । होमियोप्याथिक स्वास्थ्यकर्मी माथी राज्यले अन्यायपुर्ण व्यवहार देखाउदै आएको र नेपालबाटै होमियोप्याथिकलाई समाप्त पार्न खोजेको अध्यक्ष डा. राईले बताए ।

एशोसिएशनले आइतवार नै मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउदै नेपालमा उत्पादन नै नहुने होमियोप्याथिक औषधिमा लगाइने उच्च भन्सार र जटिल कानुनी व्यावधानलाई हटाउन माग गरिएको एशोसिएसनका पूर्वाञ्चल क्षेत्रिय अध्यक्ष डा. राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्