कुखुरा पालकहरूद्वारा प्रधानमन्त्रीलाइ ज्ञापन

कुखुरा पालकहरूद्वारा प्रधानमन्त्रीलाइ ज्ञापन

कुखरा पालक कृषकहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाएका छन् ।
विराटनगरका कुखुरापालक कृषकहरुले आज मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । उनीहरुले सरकारको तर्फबाट कुखुरापालन सम्बन्धमा नीति तथा कार्यक्रम जारी गर्नुपर्ने, नेपाल भित्रिने भारतीय कुखुरा रोक्न सरकार कठोर हुुनुपर्ने, चल्ला दानको अधिकतम एमआरपी तत्काल तोक्नुपर्ने माग गरेका छन् ।

यसैगरी उनीहरुले कुखुरापालक व्यवसायलाई आवश्यक पर्ने कच्चापदार्थको मूल्यमा वृद्धि भएकाले स्वचालित मूल्य प्रणाली लागू गर्नुपर्ने, उत्पादित जिउँदो कुखुराको मूल्य तोक्ने अधिकार सरोकारवाला वा किसानले मात्र पाउनुपर्ने, कृषि र कृषकलाई राज्यले धान्न सक्नेगरी जिम्मेवार भएर नीतिगत निर्णय लिनुपर्ने लगायतका ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रंमुख जिल्ला अधिकारी कोइरालाले आजै ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालय पठाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्