म्यादी प्रहरीमा भर्ती हुन भिड

म्यादी प्रहरीमा भर्ती हुन भिड

स्थानीय तहको निर्वाचनलाई व्यवस्थित बनाउन गृहमन्त्रालयले म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी गरेपछि अहिले तोकिएको स्थानमा म्यादी प्रहरीमा भर्ती हुन चाहनेहरुको भीड लाग्ने गरेको छ ।
सरकारले म्यादी प्रहरी भर्नासम्बन्धी निवेदन गत ११ गतेदेखि संकलन सुरु गरेपछि अहिले विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा भर्ती हुन इच्छुकहरुको भीड लागेको छ । नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयद्वारा जारी गरिएको सूचनामा आगामी १७ गते अपरान्ह ५ बजेसम्म दर्खास्त लिने जनाइएको छ । आसन्न निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन आवश्यक थप जनशक्तिको रुपमा ७५ हजार म्यादी प्रहरी माग गरिएको छ ।
म्यादी प्रहरी भर्नाका लागि १८ वर्षदेखि ५४ वर्षसम्म उमेर हद तोकिएको छ । म्यादी प्रहरीको छनौट चैत १९ गतेदेखि गरिने र अन्तिम नतिजा २१ गते प्रकाशन गरिने जनाइएको छ । ५५ कार्य दिनका लागि नियुक्त गरिने म्यादी प्रहरीले नेपाल प्रहरीको प्रहरी जवानले पाए सरहको तलब, भत्ता र तोकिएअनुसारका अन्य सुबिधा पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्